सेतीको परिक्षणमा सुदूरपश्चिमका थप ४८ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा सुदूरपश्चिमका थप ४८ जनामा कोरोना पुष्टि

धनगढी

   आईतबार सुदूरपश्चिमका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय ३४ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका २÷२ जनामा संक्रमण पुष्टि भएको बताए ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका २÷२ जनामा समेत कोराना पुष्टि भएको उनले जानकारी दिए । आईतबार नै बैतडीको दोगडाकेदार गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।