धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा सकृय कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

धनगढी

  सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका सकृय संक्रमितको संख्या दुई हजार नाघेको छ । आईतबार प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएसंगै सकृय संक्रमितको संख्या  दुई हजार नाघेको  हो ।

 सुदूरपशिचम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आईतबार सम्म प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार  ७ सय २८ पुगेको छ । जसमा सकृय संक्रमितको संख्या २ हजार ५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 मन्त्रालयका अनुसार आईतबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ४८ जना, बैतडी अस्पतालको प्रयोगशालामा ६ जना, बझाङ अस्पतालको प्रयोगशालामा १० जना, अछामको कमलबजार प्रयोगशालामा २६ जना र डोटी अस्पतालको प्रयोगशालामा दुई जना गरि ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

आईतबार थपिएका संक्रमितमा कैलालीका २३ जना, कंचनपुरका २४ जना, अछामका २६ जना, बैतडीका ७ जना, बझाङका १० जना र डोटीका एक जना रहेका छन् । आईतबार प्रदेशभर बैतडीका  एक जना संक्रमित मात्र डिष्चार्ज भएर घर फर्किएका छन् ।

आईतबार सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको मन्त्रालयले जनाएको छ ।