सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

धनगढी

सोमबार सुदूरपशिचमका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । जसमा  कैलालीका ३६ सरहेका छन् ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय ६१ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार सोमबार थपिएका ४६ जनामा धनगढी उपमहानगरपालिकाका १९ जना रहेका छन् । यसैगरी कैलालीको मोहन्याल गाउँपालिकाका ६ जना, जानकी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिकाका ४ जना, यस्तै जोशीपुर र कैलारी गाउँपालिकाका १÷१ जनामा समेत कोरोना संक्रमण देखिएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

 यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका २÷२ जना, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र ठेगाना नखुलेका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ । त्यसैगरी बैतडीको पाटन नगरपालिकाका २ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाकाक १ जनामा पनि संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।


ट्रेन्डिङ