कैलालीका २४ सहित थप ४२ जनामा कोरोना पुष्टि

कैलालीका २४ सहित थप ४२ जनामा कोरोना पुष्टि

धनगढी

 कैलालीका २४ सहित सेतीको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 मंगलबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको २ सय ७७ जनाको स्वाव परिक्षणमा कैलाली २४ सहित थप ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ४ जना, लम्किचुहा नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

 मंगलबार नै गोदावरी नगरपालिका, मोहन्याल गाउँपालिकाका र कैलारी गाउँपालिकाका ३÷३ जना, भजनी नगरपालिकाका २ जना र यस्तै टीकापुर नगरपालिका तथा  गौरीगंगा नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १÷१ जनामा समेत कोराना संक्रमण पुष्टि भएको छ ।

 सेतीकै परिक्षणमा बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।