धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

चिकित्सक संघ सुदूरपश्चिमको अध्यक्षमा डा. मिश्र

चिकित्सक संघ सुदूरपश्चिमको अध्यक्षमा डा. मिश्र

धनगढी

 नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको अध्यक्षमा डा. प्रदीप मिश्र चयन भएका छन् ।

 धनगढीमा भएको संघको अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघका वरिष्ठ सहअध्यक्षमा डा. खगेन्द्र भट्ट, सहअध्यक्षमा डा. जगदीश जोशी, सचिवमा डा. कपिल गौतम, सहसचिवमा डा. शम्भुदत्त जोशी, डा. मेराज आलम अन्सारी, कोषाध्यक्षमा आनन्द पाठक, सहकोषाध्यक्षमा डा. रविन्द्रदेव भट्ट चयन भएका छन् ।

 सदस्यहरुमा डा. जगदीश विष्ट, डा. निराजनदत्त शर्मा, डा. दीपक ठकुराठी, डा. विकास खड्का, डा. वीरेन्द्र बुडाल, डा. रोजी शर्मा, डा. अनिश मानन्धर र डा. समीर खान चयन भएका छन् ।

 डा. गणेशबहादुर सिंह, डा. प्रमोद जोशी र डा. निरज अर्याललाई सल्लाहकारमा चयन गरेको नवनियुक्त अध्यक्ष मिश्रले बताए ।