धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिम प्रदेशमा बुधबार झण्डै ५ सयको परिक्षण १ सय २४ जनामा संक्रमण

सुदूरपश्चिम प्रदेशमा बुधबार झण्डै ५ सयको परिक्षण १ सय २४ जनामा संक्रमण

धनगढी

  बुधबार सुदूरपश्चिम प्रदेशमा ४ सय ९३ जनाको स्वाव परिक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

  प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ९९ पुगेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ जना, बैतडी अस्पतालको प्रयोगशालामा ५ जना र अछामको कमलबजार प्रयोगशालामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २ सय ८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको   छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २÷२ जना, टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेदकोट नगरपालिकाका ३ जनाकृष्णपुर नगरपालिकाका १ जना र अछामको मंगलसैन नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

  अछामको कमलबजार प्रयोगशालामा १ सय ३१ जनाको पिसिआर परिक्षण गर्दा  ३९ पुरुष, ७ जना महिला गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा बान्नीगढी जयगढ गाँउपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जना, चौरपाटी गाँउपालिकाका २ जना, कमलबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । यस्तै मेल्लेख गाँउपालिकाका १ जना पुरुष र साँफेबगर नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।

 बाजुराको स्वामीकार्तिक गाँउपालिकाका १ जना पुरुष र बुढीगंगा नगरपालिकाका २ जना पुरुषमा समेत कोरोना पुष्टि भएको   छ । मन्त्रालयका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना पुष्टि भएको  छ ।

सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएका मध्य ९ हजार ६ सय ७६ डिस्चार्ज भएका छन ।