धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सडकको शिलन्यास

धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सडकको शिलन्यास

धनगढी

  क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य धनगढीमा सुरु भएको छ ।

  बिहिवार परियोजना अन्र्तगत क्याम्पस गेटचटकपुर सडकको नगरप्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले शिलन्यास गरेसंगै सडक निर्माणको काम अगाडी बढेको छ ।

 धनगढीका बाहिरी सडकहरु बिस्तार तथा कालोपत्रे बनाईसक्दा पनि क्षेत्रीय शहरी विकास परियोजनाको पर्खाईमा मुख्य बजार क्षेत्रका सडक बिस्तार भएका थिएनन् । एसियाली विकास बैंकको सहयोगमा संचालन भैरहेको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा सम्झौता भएको थियो ।

 ‘सम्झौता भएको भएको लामो समय हुदा पनि सडक निर्माणको काम अगाडी बढ्न सकेको थिएन नगरप्रमुख वडले भने –‘आज निकै खुसी छु सपनाको परियोजनाले काम सुरु भएको छ ।

 सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्धरुपमा हुने नगरप्रमुख वडले बताए । पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ नगरप्रमुख वडले भने–‘अव चाँडै दोश्रो चरणका सडक निर्माणका लागि टेन्डर हुदैछ । पहिलो चरणमा काम गर्नका लागि कालिका कन्ट्रक्सनले ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपियाँको ठेक्का पाएको  छ ।

पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले ७ वटा सडक निर्माण गर्ने छ । जस अन्तरगत गुल्म चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि कैलालीनाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडकक्याम्पस रोडजाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोडचटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेका छन् ।