धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा थप १ सय ४५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप १ सय ४५ जनामा कोरोना संक्रमण

धनगढी

    बिहिवार सुदूरपश्चिम प्रदेशमा  १ सय ४५ जना संक्रमित थपिएका छन् ।  प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा थप १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विहिवार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३१ जना, अछामको कमलबजार प्रयोगशालामा ४८ जना, बझाङ अस्पतालको प्रयोगशालामा ९ जना गरि १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको   छ ।

बिहवार कोरोना संक्रमण पुष्टि भएका मध्य कैलालीका ४५ जना,कंचनपुरका ७ जना,अछामका ४६ जना,बैतडीका १८ जना, बझाङका ४ जना,बाजुराका ६ जना, डडेल्धुराका ८ जना, डोटीका ७ जना र एक जना अन्य जिल्लाका रहेका छन् ।

 यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ४४ पुगेको छ । संक्रमण पुष्टि भएका मध्य ९ हजार ९ सय ४१ डिस्चार्ज भएका छन भने हाल सम्म यस प्रदेशमा कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएको  छ ।