धनगढी पोष्ट
शनिबार, २७ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा शनिवार थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार सेती प्रादेशिक अस्पतालमा ६९ जना, डडेल्धुरा अस्पतालमा १२ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा २ जना र अछामको कमलबजार प्रयोगशालामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यी ४ वटा प्रयोगशालामा गरि ५ सय ७१ जनाको परिक्षण गरिएको थियो । शनिवार १ सय ७ जना थपिए सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ५६ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ९ सय ६१ जनाले कोरोना जितेका छन् ।