धनगढी पोष्ट
आइतबार, २८ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
नेपाली कांगे्रसले सोमबार (भोली) धनगढीमा गर्ने बिरोध सभा १० हजार बढी जनताको सहभागिता हुने दावी गरेको छ ।
देशब्यापी बिरोध कार्यक्रम गरिरहेको काँग्रेसले कैलालीको धनगढीमा पनि र्याली सहित सभा गर्दैछ ।
आज धनगढीमा पत्रकार सम्मेलन गरि बिरोध सभाको तयारी पुरा भएको नेपाली काँग्रेस कैलालीले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बिरोध सभाको तयारी पुरा भएको र बिरोध सभामा प्रमुख बक्ताका रुपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापा रहेको बताए । उनले बिरोध कार्यक्रममा १० देखि १२ हजारको सहभागिता रहने दावी गरे ।
दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गर्न थालिएको काँग्रेस सभापति नरनारायण शाह मनुले बताए ।
उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असल भएको भन्दै त्यसको समेत विरोध गर्न प्रदर्शन गरिन लागिएको बताए ।
उनले भने ‘बर्तमान सरकारमा भष्टाचार र ब्यथेती बढ्दै गएको छ,काँग्रेसले प्रतिप्रक्षको भूमिका निभाउन नसेको आरोप खेपिरहेको छ, यी सबै बिषयबस्तुको कडा रुपमा प्रतिबाद गर्छौं ।
सोमवार धनगढीमा हुने विरोध सभामा केन्द्रीय सदस्य गगन थापाले संगै पूर्व मन्त्री राम जनम चौधरी,नेपाली काँग्रेस प्रदेश सभा सचेतक टेकबहादुर रैका र धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पनि सम्बोधन गर्ने सभापति शाहले जानकारी दिए ।
सोमवार ११ बजे धनगढीको चौराहा बाट सुरु हुने विरोध ¥याली पार्क चोकमा सभामा परिणत हुने काँग्रेसले जनाएको छ ।