धनगढी पोष्ट
सोमबार, २९ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
नेपाली कांगे्रसले आज देशभर बिरोध प्रर्दशन गरिरहेको छ । देशब्यापी बिरोध कार्यक्रम गरिरहेको काँग्रेसले कैलालीको धनगढीमा पनि र्याली सहित बिरोध सभा शुरु गरेको छ ।
धनगढीको चौराहबाट शुरु भएको बिरोध ¥याली पार्क मोडमा पुगेर सभामा परिणत भएको छ । बिरोध सभामा प्रमुख बक्ताका रुपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापा रहेका छन् ।
दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गरिएको काँग्रेस सभापति नरनारायण शाह मनुले बताए । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असल भएको भन्दै त्यसको समेत विरोध गर्न प्रदर्शन ग।िएको बताए ।
धनगढीमा हुने विरोध सभामा केन्द्रीय सदस्य गगन थापाले संगै पूर्व मन्त्री रामजनम चौधरी,नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेश सभाका सचेतक टेकबहादुर रैका र धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पनि सम्बोधन गर्ने छन् ।