धनगढी पोष्ट
सोमबार, २९ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
धनगढी स्थित नवजीवन अस्पतालले बालबालिकाको उपचारलाई सहज र थप सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ सघन उपचार कक्ष(एन.आई.सियु) सेवा सञ्चालनमा ल्याएको छ ।
बालबालिकाहरुलाई उपचारका लागि सकेसम्म बाहिर जानु नपरोस भन्ने उद्देश्यका साथ एन.आई.सियु सेवा जडान गरिएको नवजीवन अस्पतालका मेनिजिङ डाइरेक्टर डाक्टर विदुरमणि पौंडेलले बताए ।
तत्कालका लागि २ वटा सुविधा सम्पन्न भेन्टिलेटर सहित १० वटा एन.आई.सियु वेड जडान गरिएको मेनेजिङ डाइरेक्टर ढकालले बताए ।
‘पछिल्लो समय नवजीवनले प्रसुती सेवा समेत दिदंआएको छ’ ढकालले भने–‘यहाँ सुत्केरी हुने मध्य केही नवजात शिशुलाई एन.आई.सियु कक्षमा राखेर उपचार गर्नुपर्ने हुन्छ, अव ती शिशुले बाहिर जानु पर्ने छैन ।