धनगढी पोष्ट
सोमबार, २९ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता गगनकुमार थापाले नेकपा लोभी र पापिको मञ्च भएको आरोप लगाएका छन् ।
कांगें|सले धनगढीमा आयोजना गरेको विरोध ¥यालीमा उनले प्रचण्डलाई चुनाव जित्ने र केपि ओलिलाई प्रधान मन्त्री बन्ने लोभका कारण दुई पार्टीको एकता भएको बताए । ‘त्यसता लोभि र पापि मिलेर बनेको सरकारले जनताका लागि सोच्ने कुरै हुँदैन, कोरोनाले मरिरहेका जनताको वेवास्ता गरी आफै लड्दैछन् ।’
प्रचण्डालाई एक्लै चुनाव लडे चुनाव हार्ने डर भएको र ओलीलाई एक्लै चुनाव लडे प्रधानमन्त्री नबन्ने डर भएका कारण रातारात दुई पर्टीको एकता भएको बताउँदै थापाले भने–‘लोभिर पापिले आफ्नो स्वार्थलाई मात्रै हेरेर पार्टी एकता गरे, जसका कारण अहिले पार्टी भित्रै जात्रा भइरहेको छ, जनताले जात्रा हेरिरहेका छन् ।’
उनले प्रधानमन्त्री केपि शर्मा ओली लाज पचाएर नाङ्गै हिडिरहेको बताए । नाङ्गै हिडेको प्रधानमन्त्रिलाई माधव नेपाल र प्रचण्डले दुई बर्ष सम्म अघि पछि गरेर छोप्न खोज्दा उनिहरु पनि अर्ध नग्न भएका उनले बताए ।
‘नाङ्गो प्रधानमन्त्रीलाई अघि पछि लागेर छोप्न खोज्दा प्रचण्ड र माधव नेपाल आफै अर्ध नग्नभए’ थापाले भने–‘अर्ध नग्न भएपछि बल्ल थहापाए नाङ्गोलाई छेकेर केहि हुनेवाला छैन ।’
सरकार गठन हुँदै गर्दा जनताले ठुलो अपेक्षा राखेपनि अहिले निरास भएर सडकमा आउनुपर्ने अवस्थाआएको उनले बताए । ‘सरकारको रवैया देखेर दिक्क भएका जनता अहिले राजा आउ देश बताउँ भन्दै सडकमा आएका छन्’ थापाले भने–‘केपिकै कारण ठुलो दुःख गरेर ल्याएको संघिय व्यवस्था नै संकटमा परेको छ ।’
उनले जनतालाई देशको व्यवस्था प्रति औंला नठड्उान आग्रह गरे। हामीले संघिय लेकतान्त्रिक व्यवस्था प्राप्त गर्न ठोलो सयम खर्च गरिसकेका छौं’ उनले भने–‘यस्तोमा फेरी व्यवस्था प्रति औंला ठड्यार देशलाई अस्थिरता तर्फ नधकेलौं, राजा हिजो हामीले देखेकै हौं ।’