धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

गगनले भने ‘संबैधानिक परिषदको बैठकमा कांग्रेस सहभागि नभएकै राम्रो

गगनले भने ‘संबैधानिक परिषदको बैठकमा कांग्रेस सहभागि नभएकै राम्रो

धनगढी

 नेपाली कांगेसका केन्द्रिय सदस्य तथा प्रंभावशाली नेता गगन थापाले संबैधानिक परिषदको बैठकमा कांग्रेस सहभागि नभएकै राम्रो हुने भन्दै सभापति शेरबहादुर देउवालाई संवैधानिक परिषदको बैठकमा नजान सुझाव दिइएको बताए ।

 प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजानुको अर्थ नहुँने भएका कारण बैठकमा नजान  सुझाब दिएको बताए ।

 ‘उपसभामुखको चयन नभएसम्म संबैधानिक बैठकमा काँग्रेसले भाग लिनु हुदैन भन्ने हाम्रो धारणा हो थापाले भने–‘संबैधानिक व्यबस्था अनुसार उपसभामुखको पद फरक दलले पाउने हो, तर सरका लोकतन्त्र विपरित सवै काम गर्दै आएको छ, यस्तोमा बैठक जानुको अर्थ छैन ।

  संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली कांग्रेसले पाउने भएपनि सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ ।

 उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकले पूर्णता पाउने भन्दै उनले त्यस अघि बैठकमा नजान सभापतिलाई सुझाव दिएको बताए ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् ।