धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  बुधबार सुदूरपश्चिम प्रदेशमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय १ जनामा संक्रमण पुष्टि भएको   हो ।

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सेती प्रादेशीक अस्पतालमा गरिएको परिक्षणमा ७१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक जना, बझाङ अस्पतालको प्रयोगशालामा ३ जना र अछामको कमलबजार प्रयोगशालामा २६ जनामा संक्रमण पुष्टि भएको   छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३ सय ९५ नमूना परीक्षण गर्दा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएकामा कैलालीका ३५ र कञ्चनपुरका ३२ सहित ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका थप २० जनामा संक्रमण देखिएको जानकारी  दिए । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, यस्तै टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका ३÷३ जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

सेतीकै परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, यस्तै पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका २÷२ जनामा संक्रमण देखिएको छ ।  यसैगरी बैतडीका ३ जना र डोटीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

  मन्त्रालयका अनुसार बुधबार थप १ सय १ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १द्द हजार ६ सय ४ पुगेको छ । संक्रमण पुष्टि भएका मध्य बुधबार सम्म १० हजार १ सय ६ जना संक्रमण मुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ । प्रदेशमा हाल सम्म कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।