कैलालीका ३१ सहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ३१ सहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 बिहीबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ४ सय ८ जनाको स्वाव परिक्षणमा कैलालीका ३१, कञ्चनपुरका ११, बाजुराका १४ र दार्चुलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार कोरोना संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका १२ जना, भजनी नगरपालिकाका ५ जना, कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २÷२ जना तथा टिकापुर नगरपालिकाका १ जना र पहिचान नखुलेका कैलालीका ७ जना रहेका छन् ।

 यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकाका २, भिमदत्त नगरपालिकाका ४, शुक्लाफाँटा नगरपलिका र कृष्णपुर नगरपालिकाका १÷१ जना तथा पहिचान नखुलेका कञ्चनापुरका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बिहीबार नै सेतीको परिक्षणमा बाजुराको बडिमालिका नगरपालिकाका १४ जना र दार्चुलाको लेकम गाउँपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।