धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा थप ८३ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ८३ जनामा संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेशमा बिहिवार ८३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ८३ जनामा कोरोना पुष्टि भएको  प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

 मन्त्रालयका अनुसार बिहिवार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४ जना, बझाङ अस्पतालको प्रयोगशालामा १५ जना, बैतडी अस्पतालको प्रयोगशालामा १ जना र अछामको कमलबजार प्रयोगशालामा ६ जना गरि ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ८ स्वाब नमूना परीक्षण गर्दा २० महिला र ३७ पुरुष गरी ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

 उनका अनुसार बिहिवार धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १२, कैलालीको भजनी नगरपालिकाका ५जना, गोदावरी नगरपालिकाका, कैलारी जानकी गाउँपालीकाका २÷२जना, टिकापुरका एक जना र  कैलालीको स्थानीय तह नखुलेका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै कन्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेतकोटका २ जना, कृष्णपुर नगरापालिका र शुक्लाफाँटाका  १÷१ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 कञ्चनपुरको स्थानीय तह नखुलेका ३ जनामा पनि संक्रमण पुष्टी भएको हो । उता बाजुराका १४ र दार्चुलाका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको      छ ।

 मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका मध्य बिहिवार सम्म प्रदेशका बिभिन्न जिल्लामा गरि १० हजार १ सय १२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।