धनगढी पोष्ट
शुक्रबार, ०३ पुष २०७७ मा प्रकाशित
धनगढी
बिहीबार उच्च अदालत दीपायलले थारु नेता लक्ष्मण चौधरि सहित थप ११ जनालाई आजिवन जन्मकैकदको फैसला सुनाएपछि कैलालीका थारु नेता आक्रोसित बनेका छन् ।
२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले गरेको फैसलालाई उल्टाउँदै विहिवार उच्च अदालतले लक्ष्मण थारु सहित १० जनालाई आजिवन कैद फैसला पछि शुक्रबार धनगढीमा पत्रकार सम्मलेन गरेर थारु नेताहरुले अक्रोस पोखेका छन् ।
उनिहरुले भदौ ७ को घटना लगत्तै भदौ ८ टिकापुरमा थारुका घरमा आगो लगाउनेलाई किन कारवाही भएन भन्दै प्रश्न गरेका छन् । उनिहरुले राज्यले घरमा आगो लगाउनेलाई कारवाही नगरे थारुले नै अपराधी पत्ता लगाई जन कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
‘अधिकार प्राप्तिका लागि आन्दोलन गर्दा भएको घटनामा संलग्न भएको भन्दै प्रमाण विना नै थारु नेतालाई सजाए सुनाइएको छ’ थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले भने–‘तर ८ गते थारुका घर जलाउनेको खोजि समेत गरेको छैन, सरकार चुप बसे हामी ती अपराधीलाई समातेर आफ्नै तरिकाले कारवाही गर्ने छौं, त्यसको जिम्मेवार सरकार हुनेछ ।’ उनले उच्च अदालतको निर्णय आन्दोलनको मर्म विपरित भएको बताउँदै न्याएका लागि सर्वच्च अदालतको ढोकामा पुग्ने बताए ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सल्लाहकार एकं संबिधान सभा सदस्य कृष्ण चौधरीले उच्च अदलतको फैसलाले उदालत प्रतिको विस्वास गुमेको बताए । सिंङ्गो थारु समुदायको अधिकार सुनिश्चित गर्न आन्दोलन गरेका थारु नेतालाई विना प्रमाण जेल सजाय सुनाइएको छ’ उनले भने– ‘यो सरासर अन्याय हो, अत्याचार हो, अव हामी चुप लागेर बस्न सक्दैनौं, हामी कडा आन्दोलन गर्ने छौं ।’
उनले आन्दोलनमा हजारौं व्यक्ति मारेका वर्तमान प्रधानमन्त्री केपि ओली र प्रचण्डलाई प्रश्न गर्दै भने–‘तपाईहरुले आन्दोलनमा मान्छ मार्दा राजनीतिक घटना हुन्छ भने, लक्ष्मण चौधरी र रेशमलाई किन जेल पठाइयो, के त्यो अधिकारको आन्दोलन थिएन । ,’
समाजबादी पार्टीका कैलाली अध्यक्ष गयाँ प्रसाद कुस्मीले उच्च अदालतको फैसलाले कैलाली कञ्चनपुरका सवै थारुको अधिकारलाई कुण्ठामा राख्ने कु–चेष्टा गरेको आरोप लगाए ।
‘झापा आन्दोलनलाई रजनीतिक आन्दोलन भनियो, १० बर्षे युद्धलाई पनि त्यही संज्ञा दिइयो,’ उनले भने–‘अधिकारका लागि भएका त्यसता धेरै आन्दोलनलाई राजनीतिक घटना भन्दै मिलाउने, अनि थारुले गरेको आन्दोलन चाहीं किन अपराधिक घटन भयो ।’,
टिकापुरमा भएको घटना थारुको मात्रै आन्दोलन नभई उत्पिडनमा परेका सवै नागरिकको आन्दोलन भएको भन्दै उनले सो घटनाको निकास राजनीतिक रुपबाट मात्रै हुने बताए । थारु नेताहरुले छलफल गरि चाँडै आन्दोलनको घोषणा गर्ने समेत बताएका छन् ।