धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालाबाट ७ सय १२ जनाको स्वाव परिक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार सेती प्रादेशिक अस्पतालको परिक्षणमा ५६, बैतडी अस्पतालको प्रयोगलामा गरिएको परिक्षणमा १ र अछामको कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा १५ गरी ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 आइतबार कैलालीका ५६, कञ्चनपुरका ११, अछामका ११, बैतडीका २ र अन्य जिल्लाका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह कार्कीले बताए ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ८ सय ८० पुगेको छ । संक्रमण पुष्टि भएका मध्य आइतबार सम्म १० हजार ३ सय २१ जना निको भएर घर गएका छन् भने २ हजार ५ सय १२ जनामा सक्रिय संक्रमण रहेको प्रबक्ता कार्कीले बताए । मन्त्रालयका अनुसार संक्रमित मध्य ३ सय २६ जनालाई विभिन्न अस्पतालमा रहेका आइसोलेसनमा राखेर उपचार गराई रहेको मन्त्रालयले जनाएको छ ।

 आइतबार कञ्चनपुरबाट १७ र कैलालीबाट ६२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा  आइतबार सम्म कोरोना संक्रमणका कारण ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका २६, कञ्चनपुरका ७, अछाम, बाजुरार र दार्चुलाका २÷२ जना, बझाङ र डडेल्धुराका ३÷३ जना तथा डोटी र बेतडीका १÷१ जना रहेका छन् ।

 सुदूरपश्चिममा हालसम्म १ लाख २७ हजार ६ सय १३ जनाको स्वाव परिक्षण गरिएकोमा १ लाल २७ हजार १ सय ३४ जनाको स्वाव परिक्षण गरिएको मन्त्रालयले जनाएको   छ । परिक्षण गरिएका मध्य ४ सय ७९ जनाको स्वाव परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।