धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

वैज्ञानिक वनमा लगाइएको फुकुवा नहटाए कडा आन्दोलन गर्ने चेतावनी

वैज्ञानिक वनमा लगाइएको फुकुवा नहटाए कडा आन्दोलन गर्ने चेतावनी

धनगढी

 वैज्ञानिक वनमा संघिय सरकारले लगाएको प्रतिबन्ध फुकुवार गर्दै तत्कालै काठ विक्रि वितरण गर्ने वातावरण मिलाउन वैज्ञानिक वन व्यवस्थापन सरकोकारवाला सञ्जालले सरकार संग माग गरेको छ । लामो समय देखी काठ विक्रि वितरण गर्न नपाउँदा उपभोक्ता मारमा परेका र घाट गद्धि गरिएको काठ सड्ने चोरिहुने सम्भावना बढेको भन्दै सो काठ विक्रि वितरण गर्न पाउनुपर्ने माग राख्दै सरोकारवाला सञ्जालले जिल्ला प्रशासन, प्रदेश मुख्यमन्त्री कार्यालय, संघिय वन मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

 ‘वैज्ञानिक वनमा काठ काट्न मात्रै नरोकेर काटेर संकलन गरिएको काठ समेत वेच्न नदिने गरी लगाइएको प्रतिबन्धका कारण उपभोक्ता मारमा परेका छन् सरोकारवाला मञ्चका संयोजक पुस्कल बहादुर बमले भने–‘संकलित काठ चोरी हुने र सड्ने सम्भावना पनि उत्तिकै बढेको छ, त्यसैले हामीले काठ खुलाउन माग गरेका हौं ।

 सञ्जालले तत्कालै काठ नखुलाए यही पुस ७ गते देखी चरणबद्ध आन्दोलन गर्ने  घोषणा गरेको छ । संयोजक बमका अनुसार पुस ७ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस ८ गते राजनीतिक दल, प्रदेश स्थानीय सरकार लगायत संग छलफल गर्ने, पुस ११ गते डिभिजन वन कार्यालयमा धर्ना दिने, पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, पुस १४ गते सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा धर्ना दिने, पुस १५ गते मुख्यमन्त्री कार्यालयमा धर्ना दिने र माग पुरा नभए पुस १६ गते राजमार्गमा आन्दोलन गर्दै अनिश्चितकालिन चक्का जाम गर्ने कार्यक्रम तय गरिएको छ ।