धनगढी पोष्ट
मङ्गलबार, ०७ पुष २०७७ मा प्रकाशित
काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले गरेको छ ।
उनको ठाउँमा माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष पदमा चयन गरिएको छ । दाहाल–नेपाल पक्षको मंगलबार दिउँसो बबरमहलमा केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट ओलीलाई हटाउने र नेपाललाई चयन गर्ने निर्णय बहुमतले पारित गरेको थियो ।