धनगढी पोष्ट
मङ्गलबार, ०७ पुष २०७७ मा प्रकाशित
धनगढी
नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापालाई हटाएर जिल्ला अध्यक्षमा पूर्व एमालेका अध्यक्ष दिर्घ सोडारीलाई पुनर्बहाली गरिएको छ ।
काठमाडौंमा जारी नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षमा पुनर्बहाली गरेको हो । सोडारीलाई २०७५ कार्तिक १६ गते पार्टी अनुशासन विपरित काम गरेको भन्दै कारवाही गरिएको थियो ।