धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

नगरपालिका संघ सुदूरपश्चिमको उप–संयोजकमा कडायत

नगरपालिका संघ सुदूरपश्चिमको उप–संयोजकमा कडायत

धनगढी

 नगरपालिका संघ नेपाल सुदूरपश्चिमको उपसंयोजकमा गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतलाई मनोनयन गरिएको छ ।

 संघको मंगलबार बसेको बैठकले कडायतलाई उपसंयोजकमा मनोनित गरेको नगरपालिका संघ सुदूरपश्चिमका संयोजक केशब चन्दले बताए ।

 यसअघि नगरपालिका संघ नेपाल सुदूरपश्चिम प्रदेशको उपसंयोजकमा डोटीको सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासी रहेकोमा उनि केन्द्रि सदस्य बनेकिथिइन् ।

 रित्त रहेको पदमा गोदावरी नगरपालिकाकी उपप्रमुख कडायतलाई मनोनयन गरिएको संयोजक चन्दले बताए ।