धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

प्रतिनिधि सभा बिघटनको बिरोधमा जसपाको धनगढीमा बिरोध प्रर्दशन

प्रतिनिधि सभा बिघटनको बिरोधमा जसपाको धनगढीमा बिरोध प्रर्दशन

धनगढी

संघिय संसद बिघटन गरेको बिरोधमा जनता समाजबादी पार्टी नेपालले धनगढीमा बिरोध प्रर्दशन गरेको छ ।

  जसपाले देशभर नै संसद बिघटनको बिरोध गरिरहेको छ । यसै क्रममा धनगढीमा सरकारको उक्त कदमको विरुद्ध प्रदर्शन गरेको हो ।

 बुधबार धनगढीको क्याम्पस चोकदेखि एलएन चोकसम्म सरकार विरुद्ध नाराबाजी सहित बिरोध र्यालीको आयोजना गरेको छ ।

र्यालीलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य डक्टर जनक शाहले हरियो शर्पले देशलाई बरबाद पार्न खोजेकाले आन्दोलन गरिएको बताए । प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हरियो शर्पको संज्ञा दिंदै उनले सवै दल मिलेर हरियो शर्पको हातबाट देशलाई बताउनु पर्ने बताए । उनले संसद भंग गर्ने अधिकार केपि ओलि र राष्ट्रपतिलाई नभएको जिकिर गरे । 
जसपाका केन्द्रिय सदस्य राजेन्द्र देवकोटाले टिकापुर घटनामा
दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएका थारु नेताको रिहाई हुनु र्ने बताए । उनले थारु नेताका पक्षमा पहाडी समुदाय समेत भएको  बताए । 
त्यसै गरी जसपाका विद्यार्थी नेता टंक थमनले केपि ओलिलाई सिंहदरवारबाट
निकाल्नु पर्ने बताए । देशमा अप्ठ्यारो आउँदा विद्यार्थीले गर्ने आन्दोलन महत्वपूर्ण हुने बताउँदै उनले वर्तमान समयमा पनि युवा शक्तिले केपि अ‍ोलीलाई बर्खास्त गर्ने बताए ।
थरुवान थरुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव थारुले थारुका मुद्धालाई कम्जोर पार्न थारु नेतालाई जेल कोच्ने सरकारको कदम विरुद्ध आन्दोलन गर्ने बताए । उनले थारु नेतालाई जेल हाल्ने निर्णय गरेर सरकारले सिंङ्गो थारु समुदय माथी अन्याय गरेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य मालामति राना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन जसपाका प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरी कुन्दनले गरेका थिए ।