धनगढी पोष्ट
बिहिबार, ०९ पुष २०७७ मा प्रकाशित
धनगढी
शत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको ओलि समुहले सुदूरपश्चिम प्रदेश कमिटिको इन्चार्जमा भिमरावललाई हटाएर लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
नेकपाको केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर गर्दै नयाँ संयोजकहरु तोकेको हो । संघिय संसद विघटन गरेसंगै फुटको संघारमा पुगेको नेकपा अन्तरगत भिमरावल हालको प्रचण्ड माधव नेपाल समुहमा आवद्ध रहेका छन् ।
पूर्व माओबादी खेमाका लेखराज भट्टले भने केपि ओली समुहलाई समर्थन दिएका छन् ।
बिहीबार बसेको नेकपा ओलि समुहको केन्द्रिय कमिटि बैठकले सुदूरपश्चिम प्रदेश संगै अन्य प्रदेशमा समेत इन्चार्ज हेरफेर गरेर नयाँ जिम्मेवारी दिएको छ ।
नयाँ जिम्मेवारी पाउनेमा प्रदेश नं १ मा सुवास नेम्वाङ, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल र कर्णाली प्रदेशमा मणि थापा रहेका छन् ।