धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

आन्दोलनका लागि तयार रहनु भन्दै  काठमाण्डौ गएका चौधरी मन्त्री बनेपछि  पुत्ला दहन

के पी ओली नेतृत्वको सरकारमा सहभागी भएर प्रतिगमनको सहययोग गरेको भन्दै नपाल कम्युनिष्ट पार्टी कैलारी गाउपालिका कमिटीले मन्त्री चौधरीको पुत्ला दहन गरेको हो ।

आन्दोलनका लागि तयार रहनु भन्दै  काठमाण्डौ गएका चौधरी मन्त्री बनेपछि  पुत्ला दहन

धनगढी

  संघीय सरकारका नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री गौरीशंकर चौधरीको शनिबार दिउसो कैलालीको हसुलियामा पुत्ला दहन गरिएको छ । 

 के पी ओली नेतृत्वको सरकारमा सहभागी भएर प्रतिगमनको सहययोग गरेको भन्दै नपाल कम्युनिष्ट पार्टी कैलारी गाउपालिका कमिटीले मन्त्री चौधरीको पुत्ला दहन गरेको हो ।

 शनिबार बिहान बसेको गाउँ कमिटीको बिस्तारित बैठककपछि मन्त्री चौधरीको पुत्ला दहन गरिएको नेकपा कैलाली सचिवालय सदस्य परशु चौधरीले बताए ।

 ‘पुस छ गते हसुलियामा भएको पार्टीको कार्यक्रममा केपी ओलीको कदम असंवैधानि छ, यसका  बिरुद्ध आन्दोलनको बिकल्प छैन, त्यसैले आन्दोलनको लागि तयार रहनुस भनेर हसुलियामा भएको कार्यक्रममा सम्वोधन गरेका चौधरी  काठमाण्डौ पुगेर मन्त्री भएपछि  पुत्ला दहन गरिएको परशुले बताए ।

आन्दोलनको तयारीमा लाग्न भनेर काठमाण्डौ गएपछि पदको लाभमा मन्त्री बनेकाले पुत्लादहन गरिएको परशुले बताए ।