धनगढी पोष्ट
शनिबार, ११ पुष २०७७ मा प्रकाशित
धनगढी
संघिय संसद भंग गर्दै संविधानलाई असफल बनाउने सडयन्त्र गरेको भन्दै जनता समाजबादी पर्टी नेकाल कैलालीले प्रधानमन्त्री केपी शर्मा अोली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध राके जुलुस निकाले को छ ।
कडा सुरक्षा व्यवस्थका बाबजुत पनि जसपाले क्याम्पसरोड बाट पुष्पलाल चौक सम्म नाराावाजी गर्दै राके जुलुस निकालेको हो ।
संघिय संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको जसपाले आइतबार धनगढीमा आयोजना गर्नलागेको वृहत प्रदर्शनको पूर्व सन्ध्यामा राकेजुलुस निकालेको जसपा कैलालीका अध्यक्ष गयाप्रसाद कुस्मीले बताए ।
यस अघि शुक्रबार जसपाले प्रदेश सभा अगाडी प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको थियो भने बुधबार धनगढीमा प्रदर्शन गरेको थियो ।