धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कञ्चनपुर नेकपा पार्टी कार्यालयमा प्रहरी परिचालन

कञ्चनपुर नेकपा पार्टी कार्यालयमा प्रहरी परिचालन

धनगढी
 शक्तरुढ पार्टी नेकपा अन्तरगत केपि ओलि र प्रचण्ड–मधव पक्ष विच कञ्चनपुर पार्टी कार्यालयमा झडप हुने संभावना बढेपछि प्रहरी परिचालन गरिएको छ ।

प्रचण्ड माधव पक्षले पार्टी कार्यालयमा भेलाको आयोजना गर्ने तयारी गरिरहेका वेला ओली पक्षले पार्टी कार्यालयमा ताला लगाएपछि विवाद भएको प्रहरीले जनाएको छ । ओलि पक्षले पार्टी कार्यालयमा ताला लगाउदा प्रचण्ड नेपाल समुहले सो ताला फुटाउने प्रयाास गरेका थिए । विवाद बढ्दैजाँदा झडपको स्थिती आएका कारण प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रबक्ता प्रहरी नाायव उपरिक्षक अम्मरबहादुर थापाले बताए । 

 प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो । अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच विवाद भइरहेको छ । उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन् ।

 प्रहरी प्रबक्ता थापाका अनुसार प्रंचण्ड–मााधव पक्षले पार्टी कार्यालयमा लगाएको ताला खोल्न माग गरिरहेका छन् भने ओली पक्षले पार्टीकार्यालयमा आयोजना गरेको भेला अन्यत्र सर्नुपर्ने अडान लगेका छन् ।