संघिय संसद बिघटनाका बिरुद्ध जसपाको प्रदर्शन

संघिय संसद बिघटनाका बिरुद्ध जसपाको प्रदर्शन

धनगढी

 संघिय संसद विधटन गरेको विरोधमा जनता समाजबादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा प्रदर्शन गरेको छ ।

धनगढी चौरहबाट सुरु भएको प्रदर्शन धनगढीको पार्कमोडमा समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै जसपा कैलालीका अध्यक्ष गयाप्रसाद कुस्मीले केपि ओली एक्लैले संसद विघटन गरेर देशमा अराजकता निम्त्याउन खोजेको भन्दै त्यसका विरुद्ध सवै एकजुट हुनुपर्ने बताए ।

 हाम्रो आन्दोलन प्रधानमन्त्री केपि ओलिको राष्ट्रघाती कदमका विरुद्धको आन्दोलन हो उनले भने–‘जब सम्म प्रधानमन्त्रीले आफ्नो निर्णय सचउँदैनन्, तब सम्म आन्दोलन जारी रहनेछ । उनले टिकापुर घटनामा जबरजस्ती दोसी देखाएर सजाय सुनाइएका शेरम चौधरी लगायत थारु नेताको रिहाई हुनुपर्ने बताए ।

 उनले सरकारको अलोकतान्त्रिक कदमका विरुद्ध सवैले आआफ्नो क्षत्रबाट विरोध गर्नुपर्ने बताए । जसपाका केन्द्रिय सदस्य मिनराज बडुले जनताको मतलाई लत्यउँदै प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटन मान्य नहुने बताए । उनले तत्काल संसद सुचारु गरी देशलाई ठुलो दुर्घटना हुनबाट जोगाउनु पर्ने बताए ।

 केन्द्रिय सदस्य प्रेममति रानाले प्रधानमन्त्री केपि ओलीको इसारामा उच्च अदालतले विना प्रमाण शेरम चौधरी लगायत थारु नेतालाई कारावास सजाय सुनाएको भन्दै सो निर्णय नमान्ने बताइन् ।

 जसपाका नेता सीता नागरी प्रभास भारतका अध्यक्ष प्रकाश नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।