धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी

   सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बुधबार मृत्यु भएको कोरोना गोदावरी नगरपालिका वार्ड नं  का ४६ बर्षीय पुरुषको उपचारका क्रममा बुधबार साझ मृत्यु भएको हो

 यससँगै सुदुरपश्चिमका मृत्यु हुने कोरोना संक्रमितको संख्या चार पुगेको

  चार दिन अघि सेती अस्पतालमा उपचाररत  बसका चालक मालिक समेत रहेका उनको मंगलबारदेखि अवस्था बिग्रिएपछि आइसीयुमा उपचार भैरहेको थियो

   नवजीवन अस्पताला उपचाररत रहेको बेला कोरोना पुष्टि भएपछि उनलाई सेती अस्पताल ल्याइएको थियो माया मेट्रो अस्पिटलमा उपचारपछि उनी नवजीवन हस्पिटलमा आएका थिए उनले कन्चनपुरको गड्डाचौकीबाट यात्रुहरुलाई गन्तव्यसम्म पुरयाउने काम गरेका थिए निमोनियाको बिरामी भएर अस्पताल भर्ना भएका उनको अवस्था गत शनिबार राति गम्भीर बनेपछि स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो कोरोना पुष्टि भएपछि आइतबारदेखि उनको सेती अस्पतालमा उपचार भैरहेको थियो

   यसअघि कोहलपुरमा मृत्यु भएकी एक महिलामा बुधबार नै कोरोना पुष्टि भएको थियो नेपालगन्ज मेडिकल कलेज कोलपुरमा मंगलबार  राति उपचारका क्रममा  मृत्यु भएकी लम्कीचुहा नगरपालिका वार्ड नं की ४३ बर्षीय महिलामा स्वाब परिक्षण गर्दा बुधबार कोरोना पुष्टि भएको हो