सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा काँग्रेसको प्रर्दशन

निर्वाचनमा जानुपर्ने काँग्रेस नेताको भनाई

निर्वाचनमा जानुपर्ने काँग्रेस नेताको भनाई

धनगढी

  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेपाली काँग्रेसले बृहत मोटरसाईकल ¥याली सहित प्रदर्शन गरेको छ । संसद बिघटनको बिरुद्धमा नेपाली काँग्रेस क्षेत्रिय समितिको आयोजनामा धनगढीमा प्रर्दशन गरिएको हो ।

  धनगढीको क्याम्पसचौकबाट सुरु भएको मोटरसाईकल ¥याली ट्राफिक चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले प्रतिनिधि सभा बिघटन गर्नु असंबैधानीक रहेको बताए । उनले संबिधान बिपरित प्रधानमन्त्री केपी ओलीले  संसद बिघटन गरेको बताउँदै यसका बिरुद्ध काँग्रेस सडकमा आएको बताए । तर उनले संसद पुर्नस्थापना गर्नुपर्छ भनेर आफ्नो सम्बोधनमा उल्लेख गरेनन् । उनले भने–‘निर्वाचन हुने सुनिश्चितताका लागि काँग्रेसले दवाव दिनुपर्छ, निर्वाचन हुने सुनिश्चितता भए निर्वाचनमा सहभागि हुनु पर्छ । संसद पुर्नस्थापनाको माग गरे फेरी पनि देश अनिर्णयको बन्दी हुने उनले बताए । उनले भने–‘संसद पुर्नस्थापना भए कम्न्युष्टहरु मिलेर देशलाई फेरी बर्बाद गर्छन, अहिले फुटे जस्तो देखिए पनि फेरी मिलेर देश लुटछन ।

  देशलाई फेरी अनिर्णयको बन्दी बनाउनु भन्दा निर्वाचन गराएर देशलाई गति दिनुपर्ने सभापति शाहको भनाई छ । यसैगरी कोण सभामा सम्बोधन गरेका नेपाली काँग्रेसका नगरसभापति एबं धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले पनि निर्वाचनमै जोड दिए । उनले भने–‘तीन बर्ष बहुमतका साथ सरकारको नेतृत्व गरेको नेकपाले देशलाई बर्बाद बनाएको छ,जनतालाई धोका दिएको छ, अब काँग्रेसले ताजा जनादेशमा नै जानुपर्छ । धनगढी बजारमा  निकालिएको ¥यालीमा पनि असंबैधानिक कदम र नेकपा सरकारको बिरोध गरिएको थियो भने संसद पुर्नस्थापनाका बारेमा कुनै आवाज सुनिएन ।

  कोण सभा क्षेत्रिय सभापति हरिश खडकाको सभापतित्वमा सम्पन्न भएको थियो ।