सुदूरपश्चिम सरकारलाई कुनै समस्या छैन मन्त्री सुबेदी

सुदूरपश्चिम सरकारलाई कुनै समस्या छैन मन्त्री सुबेदी

धनगढी

 सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै समस्या नरहेको बताएका छन् ।

  उनले सरकार पुर्ण बहुमतमा रहेकाले कुनै समस्या नभएको बताएका हुन् । सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा मन्त्री सुबेदीले भने–‘सुदूरपश्चिम प्रदेश सरकार पुर्ण बहुमतमा रहेको छ, परिबर्तन र अल्पमतको कुरै छैन ।

 मन्त्री सुबेदीले वाहिर सुदूरपश्चिम सरकार अल्पमतमा रहेको भन्ने हल्ला निराधार र अर्को पक्षले चलाएको बेकारको हल्ला रहेको बताए । संसद बिघटन असम्ंबैधानिक र अलोकतान्त्रीक रहेकाले त्यसका बिरुद्ध आन्दोलनमा लाग्न पनि मन्त्री सुबेदीले सबैलाई आग्रह गरे । उनले पार्टी बिभाजन तर्फ गएको बताउँदै प्रचण्डमाधब समुह नै निर्वाचन आयोगबाट आधिकारीकता पाउने दावी समेत गरे ।