सुदूरपश्चिममा थप ५२ जनामा कोराना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५२ जनामा कोराना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिममा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 मन्त्रालयका अनुसार मंगलबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको परिक्षणमा ३९, डडेल्धुराको परिक्षणमा ३, बैतडीको परिक्षणमा ४, बझाङको परिक्षणमा ४ र अछाम स्थित  कमलबजा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ गरी ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

 योसंगै सुदूरपपिश्चम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने नागरिकको कुल संख्या १३ हजार ४ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका मध्य १० हजार ९ सय ७ जना संक्रमण मुक्त भएर घर गएका छन् भने २ हजार ४ सय ९५ जनामा सक्रिय संक्रमित रहेका छन् ।

 हाल सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ५० जनाको मुत्य भएको छ । मृत्यू हुनेमा कैलालीका २६, कञ्चनपुरका १०डडेल्धुरा र बझाङका ३÷३ जना, अछाम बाजुरा र दार्चुलाका २÷२ जना तथा डोटी र बैतडीका १÷१ जना रहेका छन् ।

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म १ लाख ३१ हजार २ सय ८६ जनाको स्वाव परिक्षण गरिएकोमा १ लाख १७ हजार १ सय ८० जनामा कोरोना पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।