धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

संघले प्रदेशको अधिकार हस्तक्षप गर्यो : मुख्यमन्त्री

संघले प्रदेशको अधिकार हस्तक्षप गर्यो : मुख्यमन्त्री

धनगढी

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेको एकल अधिकार भएको बन क्षत्रलाई संघिय सरकारले हस्तक्षप गर्दै अधिकार कुण्ठित पार्नेकाम गरेकोआरोप लगाएका छन् ।

 जेठ देखी कटान तथा विक्रि वितरण बन्द गरिएको बैज्ञानकि वनको प्रतिबन्ध हटाउन माग गर्दै वैज्ञानिक वन व्यवस्थापन सरेकारवाला सञ्जालले बुधबार मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका थिए । उनिहरुसंग आफ्नो अवस्थाका बारेमा जानकारी दिर्दै मुख्यमन्त्री भट्टले आफुले काठ खुलाउन समन्वय बाहेक अरु केही गर्न नसक्ने बताए ।

 ‘प्रदेश सरकारको स्पष्ट रुपमा एकल अधिकार हुँदा हुँदै पनि संघिय सरकारले वन क्षत्र आफ्नो हातमा लगेको छ मुख्यमन्त्री भट्टले भने–‘अव काठ खुलाउन तथा विक्रि वितरण गर्नका लागि हामीले आवश्यक समन्वय गर्ने बाहेक अरु केही गर्न सक्दैनौं ।

 वैज्ञानिक वन व्यवस्थापन सरेकारवाला सञ्जालका अध्यक्ष पुष्कल बमले अनियमितता भएको बहानामा लामो समय सम्म वन प्रवेसनै बन्द गर्न नहुने बताए । एक्कासी वैज्ञानिक वनमा लगाएको प्रतिबन्धका कारण जंगलमा काटिएको काठ चोरी हुन थालेको छ उनले भने–‘उपभोक्ता कठ नपाएर समस्यामा परेका छन्, तत्काल काठमा लागेको प्रतिबन्ध फुकुवा गरिनुपर्दछ ।

 उनले अनियमितता भएको भए आफुहरुले निष्पक्ष छानविनमा सघाउने पनि बताए