सेतीको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि

धनगढी

  बुधबार सेतीको परिक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार १ सय ८४ नमूना परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ३४, गौरीगंगाका १,लम्कीचुहा नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको  बताए ।

 यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १ जना ,भिमदत्त नगरपालिकाका ४ जना , पुर्नबास , शुक्लाफाटा नगरपालिकाका १ र १ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।  डोटीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।