सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालको परिक्षणमा ३० जना र डडेल्धुरा अस्पतालको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय २ जनाको परीक्षण गर्दा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका ३ जना र घोडाघोडी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको बताए ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी  दिए ।  उनका अनुसार डडेल्धुराको परशुराम नगरपालिका,बैतडीको दोगडाकेदार, दार्चुलाको शैल्यशिखर नगरपालिका, दुहु गाउँपालिका र बझाङका १÷१ जनामा पनि संक्रमण देखिएको छ । यो संगै प्रदेशभरी संक्रमितको संख्या १३ हजार ६ सय १६ पुगेको छ ।