धनगढी पोष्ट
शनिबार, १८ पुष २०७७ मा प्रकाशित
धनगढी
संघिय संसद विधटन गरिएपछि एकाएक बरखास्त गरिएका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले आफुलाई मन्त्रीबाट हटाउनुको कारण माग गरेका छन् ।
शनिबार नेकपा सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठकमा उनले मुख्यमन्त्री तथा संसदिय दलका नेता त्रिलोचन भट्टलाई आफ्नो कम्जोरी बताउन आग्रह गरेका थिए ।
‘मैले तपाईलाई सहयोग नै गरेको थिए’ बोहराले भने–‘जानकारी नै नदिएर एकाएक मन्त्री खोस्नु भएछ, त्यसको कारण बताइदिनुप¥या ।’ उनले आफुलाई मन्त्री पद प्यारो नभएको भन्दै जानकारी गराइएको भए आफु नै राजीनामा दिने बताए्का थिए ।
तर मुख्यमन्त्री भट्टले प्रश्नको जवाफ नै नदिएको प्रदेशसभा सदस्य रतन थापा बताउँछन् । ‘संसदीय दलको नेता भएको हैसियतले उहाँले संसदले सोधेका प्रश्नको उत्तर दिनपर्ने हो’ थापाले भने–‘तर उहाँ यस्तैहो भनेर फर्कनुभयो ।’