प्रधानमन्त्री आउने भएपछि संघिय सरकारका चार मन्त्री धनगढीमा

धनगढी

    यहि पुस २४ गते धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि संघिय सरकारका ४ जना मन्त्री धनगढी पुगेका छन् ।

  ओली समुहको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली धनगढी आउने भएपछि त्यसको तयारी एबं आफ्नो समुहको शक्ति प्रर्दशनका लागि ४ जना संघिय मन्त्री धनगढी पुगेका हुन् ।

  सुदूरपश्चिम प्रदेशको हाल राजधानी धनगढीमा रहेकाले त्यसै पनि सुरक्षा सर्तकता बढाएको प्रहरीले एकैचोटी थप ४ जना संघिय मन्त्री धनगढी पुगेपछि सुरक्षा निकायलाई सुरक्षा ब्यबस्था मिलाउन भ्याईनभ्याई भएको छ ।

ओली समुहको नेकपाका सुदुरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ,बन मन्त्री प्रेम आले , श्रम मन्त्री गौरी शङ्कर चौधरी  र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना धनगढी पुगेका छन् ।

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र श्रम मन्त्री चौधरीसोमबार धनगढी पुगेका हुन् भने बन मन्त्री आले र सामान्य प्रशासन मन्त्री ठगुन्ना मंगलवार धनगढी पुगेका छन् ।

 अनौपचारिक रुपमा बिभाजन भैषकेको नेकपाका नेताहरु आआफ्नो समुहमा नेता तथा कार्यकर्ता बढाउने होडबाजीमा रहेका छन् । त्यसैक्रममा धनगढी पुगेका संघिय सरकारका मन्त्रीहरुले पनि कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् । धनगढीमा  रहेका मन्त्रीहरुले प्रधानमन्त्री आउने कार्यक्रमको तयारी संग संगै प्रचण्डमाधब समुहमा लागेका प्रदेश तथा जिल्ला स्तरका नेताहरुलाई आफ्नो समुहमा तान्न कसरत गरिरहेका छन् ।

धनगढी पुगेका ४ वटै संघिय मन्त्री सुदूरपश्चिम प्रदेशकै रहेका कारण पनि कार्यकर्ता तथा आफ्ना जिल्लाका नेताहरुलाई बोलाएर अलग अलग छलफल तथा भेटघाट भईरहेका छन् ।

 यस अघि झण्डै एक साता धनगढी बसेर फर्किएका नेकपाका स्थायी कमिटि सदस्य एबं प्रचण्ड माधब समुहका सुदूरपश्चिम प्रदेश  ईन्चार्ज भीम रावलले पनि धनगढीमा आयोजित बिरोध सभा सँम्बोधन संगै जिल्ला र प्रदेश स्तरका नेता तथा कार्यकर्तालाई आफ्नो समुहमा रहन र आफुहरु नै सच्चा नेकपा रहेको आश्वस्त पारेर फर्किएका थिए । सोमबार धनगढी पुगेका ओली समुहको नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले यस अघि अर्को समुहले सुदूरपश्चिममा गरेका सम्पुर्ण गबिबिधि खारेज गरेको घोषणा गरेका छन् । उनले आफहरु नै  आधिकारीक नेकपा र त्यसको प्रदेश अध्यक्ष आफु रहेकाले भीम रावलको सहभागितामा गरिएका सम्पुर्ण गतिबिधि खारेजी गरेको बताएका थिए ।

 भीम रावलको प्रमुख आथित्यतामा केही दिन अघि बसेको प्रचण्ड माधब समुहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले भने प्रदेश अध्यक्ष कर्ण थापालाई कर्बाही गरेको निर्णय गरेको थियो ।

  सुदूरपश्चिम प्रदेशमा अहिले सम्म तुलनात्मक रुपमा अर्को समुह भन्दा बलियो देखिएको प्रचण्डमाधब समुह आफ्ना नेता तथा कार्यकर्ता जोगाउने कसरतमा छ भने ओली समुह अर्को समुहका नेता तथा कार्यकर्तालाई आफ्नो समुहमा तान्ने प्रयासमा छ । प्रदेशका नौ वटा जिल्लाका नेकपा अध्यक्ष मध्य बाजुरा, बैतडी, कैलाली र कंचनपुरका अध्यक्ष ओली समुहमा लागेका छन् भने सचिब भने २ जना बाहेक सबै प्रचण्डमाधब समुहमा रहेका छन् ।

  प्रदेश सरकार पनि धनगढीमै रहेकाले प्रदेशका अन्य जिल्लाका नेता तथा कार्यकर्ता धनगढीमै केन्द्रित छन् । पहाडी जिल्लमा राजनिति गर्ने नेताहरुका घर पनि धनगढीमै रहेका कारण पनि नेकपा दुबै समुहको ध्यान धनगढीमै केन्द्रित हुनु स्वभाविक रहेको दुबै पक्षका नेताहरु बताउँछन् ।

  पुस २४ गते धनगढीको खुलामन्चमा हुने जनसभाको तयारीको लागि ओली समुहका नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मूल समिति बनाइएको छ । त्यस्तै ७ वटा उपसमिति बनाएर तयारी थालिएको छ ।

२४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी सुरु भएको छ नेकपा केन्द्रीय सदस्य एवम् मिडिया संयोजक उदब भट्टराईले भने–‘हरेक स्थानीय तहबाट व्यापक जनताको सहभागिता गराउने तयारी छ ।