धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सुदूरपश्चिममा थप ४१ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ४१ जनामा संक्रमण पुष्टि

धनगढी

  मंगलबार सुदूरपश्चिममा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालयका अनुसार प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका थप २० जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १८ जनामा संक्रमण देखिएको बताए । यस्तै कैलालीकै टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

  यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६ जना, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ६ जना, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ६ जना र अछामको कमल बजार प्रयोगशालाका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

  यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय २८ पुगेको छ । संक्रमण पुष्टि भएका मध्य ११ हजार ७६ जना डिस्चार्ज भएका छन  ।

 


ट्रेन्डिङ