धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

आर्थिक मामिला तथा योजना मन्त्री वोहराद्धारा राजिनामा

आर्थिक मामिला तथा योजना मन्त्री वोहराद्धारा  राजिनामा

धनगढी

 सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । मन्त्री वोहराले केही बेर अघि मन्त्रालयमै पत्रकार सम्मेलन गरि राजिनामा गरेको घोषणा गरेका हुन् ।

बोहरालाई ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त गरिएको  छ । बोहराले पत्रकार सम्मेलनमा  आफू ओली समूहमै रहेको घोषणा समेत गरेका छन् । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश बाट निर्वाचित भएका थिए ।

  केही दिन अघि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिं वोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । आज राजिनामा गरेका बोहरा संगै सुदूरपश्चिममा ओली समूहमा ७ जना प्रदेशसभा सदस्य खुलेका छन् ।