धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

बलात्कारको मुद्धामा प्रदेश सभा सदस्य रावलले सफाई पाए

कैलाली जिल्ला अदालतका न्यायाधिश जयानन्द पनेरुको एकल इजलाशले बुधबार प्रदेश सभा सदस्य रावललाई सफाइ दिएको हो ।

बलात्कारको मुद्धामा प्रदेश सभा सदस्य रावलले सफाई पाए

धनगढी

  सुदुरपश्चिम प्रदेश सभाका सदस्य अक्कल रावलले जबरजस्ती करणीको मुद्धामा सफाई पाएका छन् ।

 कैलाली जिल्ला अदालतका न्यायाधिश जयानन्द पनेरुको एकल इजलाशले बुधबार प्रदेश सभा सदस्य रावललाई सफाइ दिएको हो ।

 जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै प्रदेश सभा सदस्य रावललाई सफाई दिएको अधिक्ता गम्भीर सिंह ऐरल बताए ।

 अछाम जिल्लाबाट सुदुरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित रावल बिरुद्ध २०७६ माघमा जबरजस्ती करणीको मुद्धा दर्ता भएको थियो । धनगढीकै एक मलिलाले आफुलाई जबरजस्ती करणी गरेको उजुरी गरेपछि रावल बिरुद्ध कैलाली जिल्ला अदालतमा बलात्कर गरेको मुद्धा दर्ता गरिएको थियो ।

 रावलको पक्षबाट अधिबक्ताहरु गम्भीर सिंह ऐर, गंगाराम पाध्याय र प्रयाग दत्त भट्टले बहश गरेका थिए । 

रावलले जिल्ला अदालतबाट सफई पाएपनि उनिविरुद्ध लागेको मुद्धालाई उच्च अदालतमा पुनरावलोकन गर्ने बाटो भने खुला रहेने सरकारी वकिलले फैसलाको पूर्ण पाठ आएको ७० दिन भित्र उच्च अदालतमा सो मुद्धा पुनरावलोकन गर्न सक्ने कानूनी प्रावधान रहेको