धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

भीम रावल सहित ३ जनालाई ओली समुहको कारवाही

भीम रावल सहित ३ जनालाई ओली समुहको कारवाही

धनगढी

   नेकपा प्रचण्डमाधव समुहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल सहित ३ जनालाई नेकपाकै ओली समुहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ ।

   बुधबार धनगढीमा बसेको नेकपा ओली समुहको सुदूरपश्चिम प्रदेश कमिटिको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिष गरेको नेकपाका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए । उनिहरुले पार्टी आचरण विरुद्ध काम गरी आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न सिफारिष गरेको अध्यक्ष थापाले बताए ।

 यस अघि पुस १७ गते धनगढीमै सम्पन्न प्रचण्ड माधव पक्षको प्रदेश कमिटि बैठकले नेकपाका अध्यक्ष कर्ण थपा सहित ४ जिल्लाका अध्यक्षलाई आचरण विपरित काम गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको थियो ।