धनगढी पोष्ट
शुक्रबार, २४ पुष २०७७ मा प्रकाशित
धनगढी
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ करोड नेपालीमा २ सय ६५ जना अलग जाँदा आफुलाई कुनै फरक नपर्ने बताएका छन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ओली समुहको नेकपाले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘नेपालमा ३ करोड जनसंखया छ, २सय ६५ जना अलग गएका छन् भन्ने सुनेको छु, त्यसले हामीलाई केही फरक पर्दैन ।’
उनले अर्को नेकपा प्रचण्ड’–माधव नेपाल समूहलाई २ सय ६५ जना देखाएर आफुसँग बहुमत छ भनी दावि गर्नु मुर्खता मात्र भएको बताए । ओलीले भने–‘म सुदूरपश्चिमबाट प्रचण्ड–माधबलाई चुनौती दिन्छु, अबको निर्वाचनमा दुई अंक अर्थात १० सिट मात्र जितेर देखाउ ।’
सुदूरपश्चिममा अहिले सम्म भएको सम्पुर्ण विकास आफैले नै गरेको भनेर सुनाउनमा ब्यस्त रहेका ओलीले आगामी दिनमा पनि सम्पुर्ण सुदूरपश्चिमको विकास आफ्नै नेतृत्वमा हुने दावि गरे । उनले अर्का समुहका नेता भीम रावलललाई लक्षित गर्दै भने–‘अब सुदूरपश्चिम प्रदेश पछाडी पर्दैन, देशको सबैभन्दा सम्पन्न प्रदेश बन्छ, बिकास बिरोधी तत्व अलग गैसके ।’
ओलीले भीम रावललाई ब्यङगे गर्दै भने–‘एउटा अछामको केटो म जेल हुँदा आईपुग्यो, र त्यसलाई राजनितिमा लगाँए, अहिले आफ्नो ज्यान भन्दा ठुलो कुरा गर्छ, त्यसका कारेमा तपाईहरु आफै बुझ्नुस ।’ प्रेम आललेलाई वन मन्त्री बनाएको प्रशंग उल्लेख गर्दै ओलीले भने–‘बैज्ञानीक बनको नाममा बन सिद्याउने योजना थियो, अब केहीको त्यो योजना सकिएपछि दुखि भएका छन् ।’
प्रधानमन्त्री ओलीले कुनै पनि हिसाबले प्रतिनिधि सभा पुर्नस्थापना हुन नसक्ने भन्दै प्रचण्ड –माधब समुहलाई भने–‘एक चोटी राम्रो संग संबिधान पढनुहोस ।’ उनले बिकास बिरोधीहरुलाई चुनावमा पराजित गर्न समेत आग्रह गरे । ओलीले भने–‘अबको चुनावमा खराव तत्वलाई भोट नदिनुहोस र हराउनुहोस नभए तिनले माथी पुगेर समस्या पार्छन ।’