धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

केदार कृषि सहकारीको ७ औं बार्षिक साधारण सभा

केदार कृषि सहकारीको ७ औं बार्षिक साधारण सभा

 

धनगढी

 धनगढी उपमहानगरपालिका३ स्थित केदार सहकारी स्स्थको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पुस २१ देखी सुरुभएको साधारणसभा शनिबार समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी रहेका धनगढी३ का वडा अध्यक्ष बलबहादुर ऐरले उत्पादन मुखी कार्यक्रममा सहकारीलाई रुपान्तरण गर्न आग्रह गरे । उनले लगानी गर्दा शेयर सदस्यलाई पनि सो क्षत्रमा जोडेर रोजगारी बढाउन सुझाव दिए ।

‘ सहकारीको अर्थ मल वेच्नु र ऋण प्रवाह गर्नुमात्रै हैन अध्यक्ष ऐरले भने–‘सहकारीले समग्र समाज रुपान्तरण गर्ने अभियानको थालनी गर्नुपर्दछ, केदार सहकारीले पनि आफुलाई रुपान्तरण गर्नु आवश्यक छ । सहकारी संस्थाले लगानी गर्ने निर्णय गरेमा वडा कार्यालयले सक्दो सहयोग गर्ने उनले बताए ।

 सहकारीका संस्थापक अध्यक्ष विष्णु प्रसाद जोशीले शेयर सदस्यहरुको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए । अव सहकारी संस्था आर्थिक रुपमा पनि बलियो भइसकेको छ उनाले भने–‘त्यसैले सामान्य कार्यक्रममा अल्झिनु हुदैन, समग्र शेयर सदस्यको भलो हुनेगरी उत्पादनशिल क्षत्रमा लगानी लगाउनु आवश्यक भएको छ ।

 जेष्ठ शेयर सदस्य गणेश बहादुर चन्दले संस्था स्थापना गर्दा निक्कै दुःख भएको स्मरणा गर्दै छोटो समयमा राम्रो प्रगति गरेको बताए । उनले सहकारीको अर्थ सहकार्य र सहअस्तित्व भएको बताउँदै सोही मर्म अनुसार काम गर्न सुझाव दिए ।

 कार्यक्रममा कोषाध्यक्ष डिल्लीराज लेखकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव नारायण पन्थीले संस्थाको प्रगति विवरण तथा कार्ययोजना प्रस्तुत गरेका थिए । व्यवस्थापक सुन्दर सिंह धामीले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति सदस्य पुष्पा भट्ट जोशीले स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् । संस्थाका अध्यक्ष नन्दुसिंह ऐरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।