धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलारी गाउँपालिकाद्वारा माघीमा ३ दिन सार्वजनिक बिदा

कैलारी गाउँपालिकाद्वारा माघीमा ३ दिन सार्वजनिक बिदा

धनगढी

 थारु समुदायको नयाँ बर्ष तथा माघि पर्वका अवसरमा कैलालीको कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार गाउँपालिकामा बसेको हिउँदे अधिवेशनले कैलारी गाउँपालिकामा पुस २९ देखी माघ २ गते सम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । माघ १ गते भने संघिय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले समेत सार्वजनिक विदा दिने निर्णय गरेको छ ।