धनगढी पोष्ट
सोमबार, २७ पुष २०७७ मा प्रकाशित
धनगढी
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा आएको विवाद जिल्ला स्तरमा पुगेको छ । स्पष्ट दुई समुहमा देखिएको नेकपाको विवाद जिल्ला सम्म फैलिएपछि सुरक्षामा चुनौती थपिएको छ ।
नेकपाका कार्यकर्ताबीच हुनसक्ने झडपका कारण शान्ती सुरक्षामा खलल पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालय बझाङले पार्टी कार्यालयमा बैठक तथा भेला नगर्न आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार एक सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका–१० चैनपुर स्थित नेकपा पार्टी कार्यालयमा दुई वटै समूहलाई कार्यक्रम नगर्न भनेको छ ।
स्थानीय प्रशासन २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम उक्त पार्टी कार्यालयमा भित्र पार्टीका भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
बझाङ जिल्लामा पुर्ब मन्त्री भानुभक्त जोशी, पुर्ब जिल्ला अधयक्ष दिल बहादुर सिंह, संबिधान सभा सदस्य देबराज रेग्मी, जनक बुढा लगायत अधिकांस नेता प्रचण्ड–माधब समुहमा रहेका छन् भने बिघठित प्रतिनिधि सभा सदस्य भैरब सिंह, आशा बिक, संबिधान सभा सदस्य अफिलाल ओखेडा लगायत ओली समुहमा रहेका छन् ।