धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

उच्च अदालतको फैसलापछि सडक आन्दोलनको बिकल्प छैन : थारु

उच्च अददालतको फैसला बिरुद्ध सर्वोच्चमा जाने

उच्च अदालतको फैसलापछि सडक आन्दोलनको बिकल्प छैन : थारु
पत्रकार सम्मेलनमा उच्च अदालतको फैसलाको कपी सहित लक्ष्मण थारु (बीचमा)

धनगढी

 टीकापुर घटनाबारे उच्च अदालतको फैसलापछि सडक आन्दोलनमा जानुको बिकल्प बाकी नरहेको  थरुहट थारुवान संयुक्त मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन्

  ‘उच्च अदालतको फैसला कपटपुर्ण यसले सामाजिक द्धन्द्ध निम्त्याउँछ उच्च अदालत दिपायलले फैसला गरेको एक महिनापछि शनिबार कैलालीको फुलबारीमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक थारुले भने – ‘त्यसैले हामी शान्तिपुर्ण निर्णयक आन्दोलनको तयारीमा छौं

    उच्च अदालतको फैसलाले सामाजिक द्धन्द्ध निम्त्याउने काम  गरेको पनि चौधरीले बताए उच्च अदालतको फैसला अत्यन्त संकीर्ण कुण्ठा बोकेको , संकीर्ण शान्ति बिरोधी चौधरीले भनेउच्च अदालतका न्यायाधिशहरुको बिबेकले यो फैसला आएको हो भन्ने मलाई बिश्वास छैन     

  न्यायालयप्रति आफुहरुको बिश्वास  आस्था भएकै कारण उच्च अदालतको निर्णयका बिरुद्ध सर्वोच्च अदालतमा जाने पनि चौधरीले बताए अदालतलाई हामी बिश्वास गथ्र्यौ भगवान सरह मान्थ्यौं चौधरीले भनेउच्च अदालतको फैसलाले हामीलाई तर्साएको छैन त्यसैले हामी सर्वोच्चमा जाँदैछौं, सर्वोच्चले न्याय गर्ने आशा

    अदालतको निर्णयपछि दासताका बिरुद्ध, शान्ति, न्याय   सद्भावका लागि शान्तिपुर्ण बिद्रोह गर्ने निर्णय भएको चौधरीले बताए थरुहट थारुवान मोर्चाको हालै सम्पन्न बैठकले  धनगढीमा थरुहट महिला, युवा बिद्यार्थीको राष्ट्रिय भेला गर्ने निर्णय गरेको   फागुन १५ १६ गते गरिने ती भेलामा ५० हजार महिला, युवा बिद्यार्थी सडकमा शान्तिपुर्ण रुपमा उत्रिने संयोजक चौधरीले बताए

  थरुहट आन्दोलन राजनैतिक आन्दोलन भएका कारण यसलाई राजनैतिक रुपमा सम्वोधन गराउनका लागि  आन्दोलन आवश्यक रहेको संयोजक चौधरीले बताए अहिले थारुहलाई दासत्व स्वीकार्ने वा आन्दोलनमा जानुपर्ने अवस्था आएको चौधरीले भने हामी शान्तिन्याय सद्भाव खोज्दैछौं त्यसैले फागुनदेखि आन्दोलनमा जादैछौं ।