धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बैतडीका ३ जनामा मात्रै कोरोना सक्रिय संक्रमण

बैतडीका ३ जनामा मात्रै कोरोना सक्रिय संक्रमण
filephoto

धनगढी

 सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

 सामाजिक विकास मन्त्रालयका अनुसार जिलामा कोरोना संक्रमितको संख्या कम हुनु र डिस्चार्ज हुने संख्यामा वृदि भएपछि सक्रिय संक्रमितको संख्या ओरालो लागेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सम्म बैतडीका ३ जनामा मात्रै कोरोनाको सक्रिय संक्रमण रहेको छ ।

 

 सक्रिय संक्रमित हुनेमा दशरथचन्द नगरपालिकामा २ जना र र दोगडाकेदार गाउँपालिकामा एक जना रहेका सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

 मन्त्रालयका अनुसार बैतडीमा पछिल्लो समय कोरोना परिक्षण गराउने नागरिकको संख्या समेत घट्दोक्रममा रहेको छ । मन्त्रालयका अनुसार बैतडीमा शनिबार सम्म ७ हजार ७ सय ९ जनाको स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ सय ३१ जनाले कोरोना जितेका छन् भने २ जनाको कोरोना कारण मृत्यु भईसकेको छ ।

 स्वास्थ्य कार्यालय बैतडीका अनुसार शनिबार सम्म बैतडीका ८ ओटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । शुन्य संक्रमित हुने स्थानीय तहहरुमा पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । यस्तै सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकामा पनि शनिबार सम्म कोरोनाका शुन्य संक्रमित रहेका छन् ।

 जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दै गएको भएपनि कोरोनाको जोखिम भने कायम रहेको स्वास्थ्य कार्यालयको जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए । पछिल्लो समयमा स्थानीय तहबाट समेत स्वाब संकलन रोकिएपछि कोरोनाका संक्रमित कम देखिएका उनले बताए ।