धनगढी पोष्ट शनिबार, १८ असोज २०८३   October 3, 2026

शुक्रबार सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि

शुक्रबार सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि

धनगढी

  सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशका ३ वटा प्रयोगशालामा गरि १ सय ३७  नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको   हो ।

  सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय २८ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भने १ जनाको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कार्कीले बताए ।