धनगढी पोष्ट
शनिबार, १० माघ २०७७ मा प्रकाशित
धनगढी
धनगढी लेडिज जेसिजमा दुई वटा कार्यसमिति चयन भएका छन । जेसिजकी अध्यक्ष लक्ष्मी शाहको अध्यक्षतामा भएको सातौ अधिवेशनले अध्यक्षमा निर्मला श्रेष्ठलाई र कार्यकारिणी उपाध्यक्ष धर्मा जोशीको अध्यक्षतामा भएको अधिवेशनले पवित्रा धिक्ता पाण्डेयलाई चयन गरेको हो ।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा उपाध्यक्षमा सरिता साउद र सरस्वति खडका भट्ट रहेका छन । यस्तै उपाध्यक्षमा यशोदा जोशी, मेरिना क्षेत्री, मन्जु चन्द र लक्ष्मी ओझा रहेका छन ।
समितिको महासचिवमा स्वेता थापा, कोषाध्यक्षमा शुशिला निरौला रहेका छन भने कानुनी सल्लाहकारमा मिना खाती चयन भएकी छिन् । पाण्डेयको अध्यक्षतामा रहेको कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा पुनम अवस्थी र वसन्ती बोहरा चयन भएका छन । यस्तै, उपाध्यक्षमा संगिता शाह, प्रियका जोशी, गिता चौधरी र सुनिता शर्मा रहेका छन ।
समितिमा महासचिवमा प्रिया खडका, सह–सचिवमा कुञ्जा भट्ट र कोषाध्यक्षमा जमुना फूलारा चयन भएका छन भने कानुनी सल्लाहकारमा धर्मा जोशी चयन भएका छन । पाण्डेयको कार्यसमितिलाई पूर्व जेसिज अध्यक्ष भवानी जोशीले सपथ ग्रहण गराएका थिए । दुवै कार्यसमितिहरुले आफ्नो समितिनै आधिकारिक भएको ठहर गरेका छन ।
लेडिज जेसिजकी पूर्वअध्यक्ष दिप्ती शाहले भनिन्–‘समितिमा ६४ जना सदस्यता रहेकोमा अधिकाँस पाण्डेयको कार्यसमितिमा सहभागिता रहेको छ ।’ उनले श्रेष्ठको कार्यसमिति आधिकारिक नभएको बताइन । जेसिजकी संस्थापक अध्यक्ष सुनिता रानाले श्रेष्ठकै कार्यसमिति आधिकारिक भएको बताइन । उनले भनिन –‘विद्यान अनुसार हामीले निष्पक्ष र विवादरहित कार्यसमिति गठन गरेका छौं ।’